कार्यकर्तालाई सम्झाउँदै प्रचण्डले भने – झण्डै मरेर आएका हामीले किन भ्रष्टाचार गर्नु ?

नेपालभ्युज

कार्यकर्तालाई सम्झाउँदै प्रचण्डले भने – झण्डै मरेर आएका हामीले किन भ्रष्टाचार गर्नु ?

काठमाडौं।  नकेपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले माओवादीप्रति अझै आशा गरेको बताउँदै सच्चिएर अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आदेश दिएका छन्। पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले माओ‌वादी पार्टीप्रति जनताको मोहभंग भइनसकेको र यिनीहरू पनि अन्य जस्तै विचलित हुने हुन् कि भन्ने चिन्ता जनतामा देखिएकाले सच्चिएर जनताका लागि काम गर्नुपर्ने बताए। जनताले राजनीतिको चाबी माओवादीको हातमा राखिदिएको बताउँदै उनले भ्रष्टाचार नगरेर सम्पूर्ण रूपले जनतामा जाने प्रतीज्ञा गरेर काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए।

‘‘भ्रष्टाचार बिलकुल नगर्ने। झण्डै झण्डै मरेर आएका हामीलाई किन भ्रष्टाचार गर्नुपर्‍या छ?,” प्रशिक्षण दिँदै उनले भने, ‘‘सम्पूर्ण रूपले जनतामा जाने प्रतीज्ञा गरौँ। यिनै उद्देश्यले बोलाएको प्रशिक्षण कार्यक्रम गरेका हौँ।”

गठबन्धनभित्रै माओवादीलाई ३० सिट मात्रै दिने त्यो भन्दा बढी माओवादीले जित्दैन भनेर आफूहरूलाई नेताहरूले भन्ने गरेकोमा आफूहरूले १२२ जितेको भन्दै उनले जनताको विश्वास जित्नेगरी काम गर्न आदेश दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved