कान्समा अवार्ड जितेका नेपाली निर्देशकलाई प्रियंका चोपडाको बधाई

नेपालभ्युज

कान्समा अवार्ड जितेका नेपाली निर्देशकलाई प्रियंका चोपडाको बधाई

काठमाडौं। यूरोपको ठूलो आर्ट मुभी फेस्टिभल कान्समा अविनाश विक्रम शाह निर्देशित लघु चलचित्र ‘लोरी : मेलान्कोली अफ माइ मदर्स’ आधिकारिक रूपमा प्रदर्शन हुने र अवार्ड समेत जित्ने पहिलो चलचित्र हो।

१४ मिनेटको उक्त लघु चलचित्रले हालै सम्पन्न ७५ औँ कान्स फिल्म फेस्टिभलमा सर्ट फिल्म फेस्टिभलमा ‘स्पेसल मेन्सन’ अवार्ड जित्यो। नेपाली चलचित्रमा इतिहास बनाउन सफल उक्त चलचित्रको भारतीय चर्चिच अभिनेत्री प्रियंका चोपडाले प्रशंसा गरेकी छन्। उनले इन्स्टाग्राममा निर्देशक शाहको तस्वीर राख्दै बधाई दिएकी छन्।

शाहको छोटो चलचित्र लोरी यस वर्ष कान्स फेस्टिभलको ७५ औँ संस्करणमा सर्ट फिल्म पाल्मे डी ओर विधाका लागि छनोट भएका ९ ओटा लघु चलचित्र मध्ये परेको थियो। यसवर्ष ७५ औँ वार्षिकोत्सव मनाउन लापिगएको कान्स फेस्टिभलमा १४० देशका ३ हजार ५०७ एन्ट्रीबाट छनोट भएको ‘लोरी’ पहिलो चलचित्र हो। १४ मिनेटको यो चलचित्रले नेपालमा पितृसत्तात्मक समाज अन्तर्गत रहेका सामाजिक विकृतिहरूलाई दर्साएको छ।

पटकथा लेखन सिकाउने शाहसँग चलचित्र निर्माण क्षेत्रमा एक दशकभन्दा बढीको अनुभव छ, जसमा मीनबहादुर भामको ‘कालो पोथी’, दीपक रौनियारको ‘हाइवे’ र ‘टाटिनी’ले समीक्षकहरुको प्रशंसा पाएको थियो। शाहका चलचित्र यसअघि प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रिमियर भइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved