माओवादी पार्टी जनताको नजरमा खराब देखिन थालेको छ : प्रचण्ड

उनले भने, ‘‘हाम्रो पार्टीप्रति जनताको मोहभंग भइसकेक छैन, यिनीहरू पनि विचलित हुने हुन् कि भन्ने चिन्ता जनतामा छ। माओवादी सच्चिएर अगाडि आओस् भन्ने जनताको चाहना छ।”

नेपालभ्युज

माओवादी पार्टी जनताको नजरमा खराब देखिन थालेको छ : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मा‌ओवादी पार्टी जनताको नजरमा खराब देखिन थालेको बताएका छन्। उनले पार्टीलाई पहिचानको संकट उत्पन्न भएको बताउँदै माओवादी वास्तवमै क्रान्तिकारी पार्टी भए पनि जनताको नजरमा खराब देखिन थालेको उनले बताए।

आफ्ना पार्टीका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले अन्य संसदवादी पार्टी र माओवादीबीच पहिचानको अन्तर मेटिँदै गएको भन्दै यसमा ध्यान दिन आग्रह गरेका छन्। ‘‘माओवादी देशलाई माया गर्ने र जनताको लागि लड्ने नेता कार्यकर्ताको पार्टी भनेर चिन्थे, अहिले हाम्रो छवि त्यस्तो छैन,” उनले भने, ‘‘हाम्रो पार्टीलाई पहिचानको संकट आउन थाल्यो। हाम्रो गराई अरु संसदवादी, बुर्जुवा अपर्चुनिस्टहरूको भन्दा फरक देखिन छाड्यो।’’

कतिपय स्थितिमा माओवादीका प्रतिनिधि अझै खराब पो हुन् कि भन्ने भ्रम जनतामा परेको बताउँदै उनले आफूहरू त्यस्तो नभएर उन्नत विचारको पक्षपोषक भएको बताए।

जनयुद्धमा माओवादी जस्तो थियो संसदीय व्यवस्थामा गइसकेपछि अन्य पार्टी जस्तै संसदवादी, बुर्जुवा अपर्चुनिस्ट बन्दै गएकाले पार्टीको पहिचानको संकट आउन थालेको उनले बताए। माओ‌वादीप्रति जनताको मोहभंग भइनसकेको बताउँदै उनले यो पार्टी पनि अन्य पार्टी जस्तै विचलित हुने हो कि भन्ने चिन्ता देखिएकाले सच्चिएर अगाडि जानुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘‘हाम्रो पार्टीप्रति जनताको मोहभंग भइसकेक छैन, यिनीहरू पनि विचलित हुने हुन् कि भन्ने चिन्ता जनतामा छ। माओवादी सच्चिएर अगाडि आओस् भन्ने जनताको चाहना छ।” जनताले राजनीतिको चाबी माओवादीको हातमा राखिदिएको बताउँदै उनले सच्चिएर जनताका लागि काम गर्नुपर्ने बताए।


Comment

2 thoughts on “माओवादी पार्टी जनताको नजरमा खराब देखिन थालेको छ : प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved