‘सरकारले भोट माग्ने हिसाबले बजेट ल्यायो’

नेपालभ्युज

‘सरकारले भोट माग्ने हिसाबले बजेट ल्यायो’
फाइल तस्वीर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको निष्कर्ष निकालेको छ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले पाँच महीना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकी चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको हो।

सरकारले २५ वर्षको पूरा नहुने योजना ल्याएको र यसले बजेटको जवाफदेहितामा पनि प्रश्न उठ्ने गरी सरकारले बजेट ल्याएको बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर्कसंगत हिसाबले अध्ययनशील भएर प्रस्तुत हुन निर्देशन दिएका थिए। त्यस्तै ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्न लिएर जाने गरी प्रस्तुत हुन निर्देशन दिएका भट्टराईले बताए।

बैठकमा पार्टीका पूर्वअर्थमन्त्रीहरु, विज्ञ, योजना आयोगका उपाध्यक्षलगायतको सहभागिता थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved