विरोधपछि एफक्युब मल्टिप्लेक्सले रोक्यो ‘कबड्डी ४’ को प्रर्दशन

पक्राउ परेका युवालाई रिहा गर्नुपर्ने र अभिनेत्री मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै युवाहरुको समूहले केएल टावर अगाडि विरोध प्रदर्शन गरेका हुन्।

नेपालभ्युज

विरोधपछि एफक्युब मल्टिप्लेक्सले रोक्यो ‘कबड्डी ४’ को प्रर्दशन

काठमाडौं। एफक्युब मल्टिप्लेक्सले चलचित्र ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ। चाबहिलस्थित एफक्युब सिनेमा हल रहेको केएल टावरमा मध्याह्न्न १२ बजेको शो रोकिएको हो।

अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइको माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको छ।

बाहिर विरोध प्रदर्शन भएपछि मध्याह्न १२ बजेको शो स्थगित गरिएको एफक्युब सिनेमाले जनाएको छ।

पक्राउ परेका युवालाई रिहा गर्नुपर्ने र अभिनेत्री मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै युवाहरुको समूहले केएल टावर अगाडि विरोध प्रदर्शन गरेका हुन्।

मिरुनाले आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै फुर्वा लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन्।

चलचित्र प्रदर्शनको क्रममा हल भ्रमणमा निस्किएको चलचित्रको टोली आइतबार बेलुका सिभिल मलमा पुगेको थियो। सिभिल मलको कफी सपमा एक बौद्ध भिक्षु लामाले ‘ब्याड टच’ गरेको उनले आरोप लगाएकी थिइन्।

प्रहरीले उनलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved