कबड्डी ४ की नायिका मगरविरुद्ध चाबहिलमा प्रदर्शन

प्रहरीले दुर्व्यवहार गरेका भनिएका मुगुका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।

नेपालभ्युज

कबड्डी ४ की नायिका मगरविरुद्ध चाबहिलमा प्रदर्शन

काठमाडौं। कबड्डी ४ की नायिका मिरुना मगरको विरुद्धमा काठमाडौंको चाबहिलमा प्रदर्शन भएको छ। मगरले निर्दोष व्यक्तिलाई थप्पड हानेको भन्दै उनीविरुद्ध प्रदर्शन भएको हो।

चाबहिलको केएल टावरअगाडि युवाहरुले विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले नायिका मगरले माफी माग्नुपर्ने भन्दै चर्को नाराबाजी गरेका छन्।

आइतबार दिउँसो फिल्म प्रमोसनमा गएको समयमा आफूमाथि दुर्व्यवहार भएको भन्दै नायिका मगरले एक व्यक्तिमाथि थप्पड हानेको र प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रहरीले दुर्व्यवहार गरेका भनिएका मुगुका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।

यो पनि पढ्नुहोस्:

‘कबड्डी–४’ हेर्न आएका दर्शकलाई हिरोइनले झापड हानेर पुलिसलाई बुझाइन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved