दुर्घटनामा परेको तारा एयरको ‘ब्ल्याक बक्स’ भेटियो

दुर्घटनामा परेका २२ जना मध्ये २१ जनाको मात्रै शव भेटिएकोमा थप एक जनाको शव पनि भेटिएको छ।

नेपालभ्युज

दुर्घटनामा परेको तारा एयरको ‘ब्ल्याक बक्स’ भेटियो

काठमाडौं। आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ मा विमान दुर्घटना भएको थियो।

विमान दुर्घटनापछि उद्धारका लागि गएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले विमानको ब्ल्याक बक्स भेटाएको हो। उद्धारका लागि खटिएको सात टोलीमध्येका एकले ब्ल्याक बक्स भेटिएको जानकारी दिएका हुन्।

दुर्घटनामा परेको विमानको ब्ल्याक बक्सलाई प्राथमिकताका साथ खोजिन्छ। दुर्घटनामा पर्नुअघि पाइटले गरेको कुरानकानी उक्त बक्समा रेकडेड हुने भएका कारण पनि यसलाई प्राथमिकताका साथ खोज्ने गरिएको हो।

यसैबीच, दुर्घटनामा परेका २२ जना मध्ये २१ जनाको मात्रै शव भेटिएकोमा थप एक जनाको शव पनि भेटिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved