कार्यपालिका र जिससमा सहमति गर्न सत्ता गठबन्धनको निर्देशन

पाँचदलीय सत्ता गठबन्धनले कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिकाे निर्वाचनमा दलहरुबीच सहमति गरेर अगाडि बढ्न निर्देशन दिएको छ।

नेपालभ्युज

कार्यपालिका र जिससमा सहमति गर्न सत्ता गठबन्धनको निर्देशन
फाइल तश्वीर

काठमाडौं। पाँचदलीय सत्ता गठबन्धनले कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिकाे निर्वाचनमा दलहरुबीच सहमति गरेर अगाडि बढ्न निर्देशन दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार दिउँसाे बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धनसम्बद्ध दलहरुबीच सहमति गरेर अगाडि बढ्न आ-आफ्ना पार्टीका प्रदेश र जिल्ला समितिलाई निर्देशन दिएको हाे।

आइतबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटको समीक्षा गर्न बसेकाे बैठकले निर्वाचनको समेत समीक्षा गरेको छ। निर्वाचनको समीक्षा गर्दै पाँचदलीय गठबन्धनले कार्यपालिका सदस्य र जिससमा समेत भाडबण्डा गर्न निर्देशन दिएको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved