बजेट समीक्षा गर्न सत्ता गठबन्धनको बैठक शुरु

आर्थिक वर्ष २०७९/८० का लागि सरकारले आइतबार प्रस्तुत गरेको बजेटमाथि समीक्षात्मक छलफल गर्न सत्ता गठबन्धनका दलहरुको बैठक शुरु भएकाे छ। 

नेपालभ्युज

बजेट समीक्षा गर्न सत्ता गठबन्धनको बैठक शुरु
फाइल तस्वीर

काठमाडौं। आर्थिक वर्ष २०७९/८० का लागि सरकारले आइतबार प्रस्तुत गरेको बजेटमाथि समीक्षात्मक छलफल गर्न सत्ता गठबन्धनका दलहरुको बैठक शुरु भएकाे छ।

बजेट लगायतका विषयमा छलफल गर्ने गरी प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका पाँच दलको बैठक शुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाकार गोविन्द परियारले जानकारी दिए। दिउँसाे ३ बजेदेखि बैठक शुरु भएकाे हाे।

पाँच दलीय गठबन्धनले गत वैशाख ३० गतेको स्थानीय निर्वाचनमा तालमेल गरेको थियो। चुनावमा कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आफूलाई धोका दिएको भन्दै नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आरोप लगाउँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved