नेवा: संग्रहालय स्थापना गरिने

नेपालभ्युज

नेवा: संग्रहालय स्थापना गरिने

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाको सहकार्यमा एउटा नेवा: सङ्ग्रहालय स्थापना गर्ने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पेस गर्दै कामपाको सहकार्यमा नेवा सङ्ग्रहालय स्थापना गर्नाका साथै पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण गुरुयोजना कार्यान्वयन गर्न सहयोग गर्ने बताए।

त्यसैगरी ५०० वर्षभन्दा पुराना हिमाली गुम्बाहरुको संरक्षणका लागि हिमाली गुम्बा संरक्षण कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ। त्यस्तै ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको उत्खनन निरन्तरता दिइने छ। भूकम्पबाट क्षतिग्रस्त पुरातत्व सम्पदाहरुको पुनः निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी रु दुई अर्ब विनियोजन वक्तव्यमा भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved