काठमाडौं। सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफूले नेतृत्व लिएपछि न्यायपालिका सुधारोन्मुख भएको बताएका छन्।
नेपाल कानून व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिले गरेको सात दिने तालिमको उद्घाटन कार्यक्रममा कार्कीले आफूले सर्वोच्चको नेतृत्व लिएपछि न्यायपालिकाको सुधारका क्रममा मुद्दाको फर्छ्यौट दर बढाएको बताए।
“मैले नेतृत्व लिँदा सर्वोच्च अदालतको मुद्दाको फर्छ्यौट प्रतिशत ८ प्रतिशत थियो। ८ प्रतिशतबाट मैले विभिन्न ढंगबाट फोकस गरेर प्रत्येक महिनाजस्तो २ प्रतिशत बढाएर हालको स्थितिमा अहिले १५ प्रतिशत मुद्दा फैसला भएको छ,” उनले भने, “त्यसमा उल्लेखनीय रुपमा पुराना मुद्दाहरु फैसला भएको छ। रेकर्ड पल्टाएर हेर्नू।”
उच्च अदालत र जिल्ला अदालत भन्दा पनि सर्वोच्चमा धेरै गुनासोहरु भएकाले धेरै मुद्दा फर्छ्यौट हुन नसकेको उल्लेख गर्दै उनले पुराना मुद्दाहरु धेरै भए भनेर सुधार गर्न खोजिरहेका बताए।
उनले भने, “हामीले विभिन्न अवरोध, प्रवृति, विकृति विसंगतीहरु व्यहोर्यौँ, भोग्यौँ र त्यो सुधार गर्नको निम्ति कानून व्यवसायीको क्षेत्रबाट, न्यायाधीशको क्षेत्रबाट हामीले भोगेर यसलाई सुधार गर्नुपर्छ भनेर कमिटमेन्टका साथ अहिले हामी आएका छौँ।”
Facebook Comment
Comment