अविनाशको लोरीलाई कान्समा स्पेसल मेन्सन अवार्ड 

अविनाश विक्रम शाह निर्देशित लघु चलचित्र ‘लोरी’ ले ७५ औँ कान्स फिल्म फेस्टिभलमा सर्ट फिल्म विधामा ‘स्पेसल मेन्सन’ अवार्ड जितेको छ।

नेपालभ्युज

अविनाशको लोरीलाई कान्समा स्पेसल मेन्सन अवार्ड 

काठमाडौं। अविनाश विक्रम शाह निर्देशित लघु चलचित्र ‘लोरी’ ले ७५ औँ कान्स फिल्म फेस्टिभलमा सर्ट फिल्म विधामा ‘स्पेसल मेन्सन’ अवार्ड जितेको छ। कान्स फिल्म फेस्टिभलमा आधिकारिक रूपमा प्रदर्शन हुने पहिलो नेपाली चलचित्र बनेर इतिहास बनाएको १४ मिनेट लामो लघु चलचित्र लोरीले अवार्ड जितेर एकै पटक दुई ओटा इतिहास बनाउन सफल भएको हो।

शाहको ‘लोरीः मेलान्कोली अफ माइ मदर्स लोरी’ यस वर्ष कान्स फेस्टिभलको ७५ औँ संस्करणमा सर्ट फिल्म पाल्मे डी ओर विधाका लागि छनौट भएका ९ ओटा लघु चलचित्र मध्ये परेको थियो। यसवर्ष ७५ औँ वार्षिकोत्सव मनाउन लापिगएको कान्स फेस्टिभलमा १४० देशका ३ हजार ५०७ एन्ट्रीबाट छनोट भएको ‘लोरी’ पहिलो चलचित्र हो। १४ मिनेटको यो चलचित्रले नेपालमा पितृसत्तात्मक समाज अन्तर्गत रहेका सामाजिक विकृतिहरूलाई दर्साएको छ।

पटकथा लेखन सिकाउने शाहसँग चलचित्र निर्माण क्षेत्रमा एक दशकभन्दा बढीको अनुभव छ, जसमा मीनबहादुर भामको ‘कालो पोथी’, दीपक रौनियारको ‘हाइवे’ र ‘टाटिनी’ले समीक्षकहरुको प्रशंसा पाएको थियो। शाहका चलचित्र यसअघि प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रिमियर भइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved