फिल्मबाट टाढिएका इमरान निर्देशनबाट गर्दैछन् ‘कमब्याक’

नेपालभ्युज

फिल्मबाट टाढिएका इमरान निर्देशनबाट गर्दैछन् ‘कमब्याक’

फिल्म ‘जाने तू या जाने ना’ बाट बलिउडमा डेब्यू गरेका आमिर खानका भान्जा इमरान खान अहिले फिल्मबाट टाढा छन्। फिल्मबाट दूरी बनाएका उनी सिनेसम्बन्धी कुनै कार्यक्रममा पनि देखिँदैनन्। सामाजिक सञ्जालमा पनि उनी त्यति सक्रिय देखिँदैनन्।

इमरानको पछिल्लो फिल्म सन् २०१५ मा ‘कट्टी बत्ती’ थियो। जसमा कंगना रनौत उनको साथमा थिइन्। यो फिल्मले बक्स अफिसमा केही खास कमाइ गर्न सकेन र त्यसपछि इमरानले फिल्मबाट टाढा भएका थिए।

यस क्रममा इमरान आफ्नो व्यक्तिगत जीवनमा अगाडि बढे। लामो समयदेखिकी प्रेमिका अवन्तिकासँग उनले विवाह गरे। औसत फिल्मी करिअर भएका इमरान अब भने फिल्ममा ‘कमब्याक’ गर्ने तयारीमा छन्।

बलिउड हंगामाका अनुसार इमरानले अब निर्देशकको रूपमा आफ्नो नयाँ भविष्य शुरु गर्दै छन्। जसका लागि उनले स्क्रिप्टमा काम गरिरहेका छन्। फिल्मको काम भने २०२३ मा शुरु गर्ने जनाइएको छ।

फिल्म निर्देशन गर्ने चाहना लामो समयदेखि पालेका उनले आफ्नो पहिलो निर्देशनको स्क्रिप्टमा काम गरिरहेका छन्। तर यसबारे उनले केही बताइसकेका छैनन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved