देश दुर्घटनामा पर्ने सम्भावना थियो, अझै खतरा छ : प्रचण्ड

नेपालभ्युज

देश दुर्घटनामा पर्ने सम्भावना थियो, अझै खतरा छ : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँचदलीय गठबन्धन नभएको खण्डमा देश दुर्घटना जानसक्ने सम्भावना रहेको बताएका छन्।

संसद्‌मा जारी नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी हुँदै उनले तत्कालनी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको लडाइँलाई बाहिर ल्याएर जनतालाई दु:ख दिएपछि दुर्घटनाबाट बच्न गठबन्धन गरिएको बताए। उनले गठबन्धन नभएको भए देश दुर्घटनामा जान सक्ने सम्भावना रहेको बताउँदै गठबन्धन टुटेको खण्डमा दुर्घटनामा जान सक्ने खतरा अझै रहेको बताए।

तत्कालीन नेकपाभित्र उठेको बहस विधिसम्मत चलेको भए नेकपा पनि नफुट्ने र संसद्‌ विघटन पनि नहुने बताउँदै त्यसबेला अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, संविधान र लोकतन्त्र मासिने गरी पार्टीभित्रको लडाइँ संविधान र जनतालाई दु:ख दिनेगरी बाहिर ल्याएको टिप्पणी गरे।

यसअघि भरतपुरको मेयरमा रेनु दाहाल (माओवादी)लाई भोट नहाले देश दुर्घटनामा जाने बताएका थिए। त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो भने निर्वाचन आयोगले समेत स्पष्टीकरण सोधेको थियो। उक्त अभिव्यक्तिपछि आलोचित प्रचण्डले आफ्नो बचाउ गर्दै आफूले गठबन्धन नभएको भए देश दुर्घटनामा जाने भनेको भन्दै आफ्नो अभिव्यक्ति परिमार्जन गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved