ओलीजी अब प्रधानमन्त्री भएर देखाउनुस्, अनि तपाईंलाई मानिन्छ : प्रचण्ड

ओली पहिलोचोटी पनि माओवादी केन्द्रको वैशाखी टेकेर प्रधानमन्त्री भएको भन्दै दोस्रोपटक आफूहरुकै भोट लिएर भएको बताए।

नेपालभ्युज

ओलीजी अब प्रधानमन्त्री भएर देखाउनुस्, अनि तपाईंलाई मानिन्छ : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्ले लडेर प्रधानमन्त्री भएर देखाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन्।

आज संसद बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले कसैको सहयोगबिना प्रधानमन्त्री बनेर देखाउने चुनौती दिए। उनले अबको चुनावपछि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका हुन्।

ओलीलाई दुई–दुईपटक आफू र आफ्नो पार्टीको सहयोगमा प्रधानमन्त्री बनाएको बताउँदै प्रचण्डले अब एक्लै बनेर देखाउन चुनौती दिए। माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री भएको भन्दै ओलीलाई उनले कटाक्ष गरे– एक्लै भएको छु भन्ने ठान्नुभएको छ भने त्यो भ्रम हटाइदिनोस्।

ओली पहिलोचोटी पनि माओवादी केन्द्रको वैशाखी टेकेर प्रधानमन्त्री भएको भन्दै दोस्रोपटक आफूहरुकै भोट लिएर भएको बताए। उनले भने, “अब भएर देखाउनोस् त, अबको चुनावबाट देखाउनोस्, तपाईंलाई मानिन्छ।”


Comment

One thought on “ओलीजी अब प्रधानमन्त्री भएर देखाउनुस्, अनि तपाईंलाई मानिन्छ : प्रचण्ड

  1. सेर बहादुर देउवाको र्‍याल चाट्दै बस्नु,, उसैलाई प्रधानमन्त्री बनाउनु,, भनेर उदयपुरबाट एउटा कविको सुझाव छ भनिदिनुस् है यी प्रचण्ड नामका उग्रचण्ड, मानव मुण्ड मालाधारीलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved