संसद् बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

गत १० जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि दिनमा निरन्तर छलफल भइरहेको छ।

नेपालभ्युज

संसद् बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं। प्रतिनिधिसभा बैठक आज (शनिबार) बस्दै छ। नयाँबानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक बस्‍न लागेको हो।

सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलका लागि बैठक बस्न लागेको हो।

गत १० जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि दिनमा निरन्तर छलफल भइरहेको छ।

नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले आआफ्नो धारणा राखिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved