मुगलिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा

दुर्घटनामा परेर दुवै ट्रकका चालक घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ। 

नेपालभ्युज

मुगलिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा
फाइल तस्वीर
काठमाडौं। दुई ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मुगलिन-नारायणगढ सडक अवरुद्ध भएको छ।
पश्चिमबाट काठमाडौं आउँदै गरेको ट्रक र काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा सडक अवरुद्ध भएको हो।
काठमाडौं आउँदै गरेको लु २ ख ५६५४ नम्बरको ट्रक र नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ७८०४ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ।
दुर्घटनामा परेर दुवै ट्रकका चालक घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि उक्त सडकखण्ड एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved