पीएसजीमै रहने पोचेटिनोको इच्छा

पीएसजीमा पोचेटिनोको सम्झौता ३० जुन २०२३ सम्म रहेको छ। उनले भनेका छन्, “अहिलेको अवस्थामा पीएसजीको प्रशिक्षकको रुपमा रहेको छु। केही परिवर्तन भएको छैन।”

नेपालभ्युज

पीएसजीमै रहने पोचेटिनोको इच्छा

काठमाडौं। सफल प्रशिक्षक मौरिसियो पोचेटिनोले आफू फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मै रहन चाहेको बताएका छन्। पीएसजीका मुख्य प्रशिक्षक रहेका पोचेटिनोले आफू क्लबमै रहने बताएका हुन्।

अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले सम्झौता भएसम्म क्लबमै बस्ने बताएका हुन्। उनले आफू शतप्रतिशत पीएसजीमा केन्द्रित रहेको भन्दै क्लब छाड्ने विषयमा कुनै सोच नरहेको एक अन्तर्वार्तामा प्रष्ट पारेका हुन्।

पीएसजीमा पोचेटिनोको सम्झौता ३० जुन २०२३ सम्म रहेको छ। उनले भनेका छन्, “अहिलेको अवस्थामा पीएसजीको प्रशिक्षकको रुपमा रहेको छु। केही परिवर्तन भएको छैन।”

पोचेटिनो जनवरी २०२१ मा पीएसजी गएका थिए। तर, पछिल्लो समय उनले पीएसजी छाड्ने चर्चा चलिरहेको अवस्थामा उनले आफूले क्लब नछाड्ने बताएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved