लद्दाखमा भारतीय सेनाको गाडी नदीमा खस्यो, सात सैनिकको मृत्यु

नेपाल भ्युज

लद्दाखमा भारतीय सेनाको गाडी नदीमा खस्यो, सात सैनिकको मृत्यु

भारतको लद्दाखको तुर्तक सेक्टरमा सेनाको बस नदीमा खस्दा ७ जवानको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। घाइतेको उपचार भइरहेको छ। भारतीय सेनाले दिएको जानकारीअनुसार २६ सैनिकको टुकडी परतापुरबाट लेह जिल्लाको हनिफ सब सेक्टर अगाडिको पोस्टमा गइरहेको थियो।

थोइसबाट करिब २५ किलोमिटर टाढा आज बिहान ९ बजे दुर्घटना भएको हो। यहाँ सेनाको बस अनियन्त्रित भएर श्योक नदीमा खसेको थियो। घाइते २६ सैनिकलाई त्यहाँबाट चण्डीमन्दिर कमाण्ड अस्पताल लगिएको थियो, जहाँ गम्भीर चोटका कारण ७ सैनिकको मृत्यु भएको बताइएको छ।

सेनाको सर्जिकल टोली लेहबाट परतापुर पठाइएको छ। भारतीय सेनाले दुर्घटनामा घाइते भएका सबै सैनिकलाई उत्कृष्ट स्वास्थ्य सहायता उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved