स्टान्डर्ड चार्टर्ड बैंकले सार्‍यो लाजिम्पाटको शाखा नक्सालमा

नेपालभ्युज

स्टान्डर्ड चार्टर्ड बैंकले सार्‍यो लाजिम्पाटको शाखा नक्सालमा

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नक्सालस्थित नारायण चौरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो।

शुक्रबार एक कार्यक्रमबीच नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले उक्त शाखाको उद्घाटन गरिन्। कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले भने, “हामी नयाँ शाखाबाट हाम्रा विद्यमान र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित छौं। नयाँ स्थानबाट ग्राहकहरूलाई डिजिटल र स्मार्ट सेवा प्रदान गरिनेछ। ग्राहकहरूका लागि सेवा सुविधा बढाउनका लागि लागि बैंकसँग उच्च डिजिटल क्षमता रहेको छ।”

बैंकले शाखामा नयाँ खाता खोल्नका लागि विभिन्न अफरहरू पनि ल्याएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved