सरकारी जग्गा देखाएर पाँच करोड ठगी, भक्तपुरका दुईजना पक्राउ

सरकारी जग्गा देखाएर पाँच करोडभन्दा बढी रकम ठगी गर्ने दुईजना पक्राउ परेका छन्।

नेपालभ्युज

सरकारी जग्गा देखाएर पाँच करोड ठगी, भक्तपुरका दुईजना पक्राउ

काठमाडौं। सरकारी जग्गा देखाएर पाँच करोडभन्दा बढी रकम ठगी गर्ने दुईजना पक्राउ परेका छन्।

सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बस्ने केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका- ८ बस्ने ५८ वर्षीय ईश्वर गाइजु पक्राउ परेका हुन्।

भक्तपुर सुडालमा रहेको ४ आना सरकारी जग्गा र अन्य व्यक्तिको निजी जग्गासमेत देखाएर उनीहरुले पाँच करोड २० लाख ठगी गरेकाे भन्दै खोटाङको बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बस्ने धनिराम राईले जाहेरी दिएका थिए।

अधिकारी र गाइजुविरुद्ध जाहेरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो भक्तपुर नगरपालिका १० स्थित मालपोत गेटबाट उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved