सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन १६ जेठदेखि

नेपालभ्युज

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन १६ जेठदेखि

धनगढी। सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन १६ जेठदेखि शुरु हुने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन शुरु गर्ने निर्णय गरेको हो।

प्रदेश सभाको १० औँ अर्थात बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले बताए।

उनका अनुसार ३ बजे बैठक बोलाउन निर्णय गरिएको छ। मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेश आह्वान तथा अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको छ।

यसैबीच, मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई स्वीकृति प्रदान गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved