पानीजहाज र भ्यूटावर जस्ता कार्यक्रम आवश्यक छैन : माधव नेपाल

नेपाल भ्युज

पानीजहाज र भ्यूटावर जस्ता कार्यक्रम आवश्यक छैन : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा पानीजहाज र भ्यूटावर जस्ता कार्यक्रम आवश्यक नभएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा उनले यस्तो बताएका हुन्।

त्यस्ता कार्यक्रमको सट्टा नेपाली युवालाई सीपयुक्त बनाउन दूरदृष्टि राख्नुपर्ने उनको भनाइ थियो। नेपालमा कति ओटा राजमार्ग आवश्यकपर्ने विषयमा पनि वस्तुवादी दृष्टिकोणका आधारमा निर्णय गर्नुपर्ने उनले बताए।

राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको बताउँदै त्यसैको कारण स्वतन्त्र उम्मेदवारहरूले चुनाव जितिरहेको टिप्पणी गरे। जनप्रतिनिधिमूलक संस्था संसद्‌लाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गर्दै उनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै जनताको आवाज मुखरित गर्ने स्थानलाई मर्यादित बनाउनुपर्ने भनाइ राखे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved