गोदावरी नपाका तत्कालीन प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

नेपालभ्युज

गोदावरी नपाका तत्कालीन प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत विष्ट, जोशी, तत्कालीन इन्जिनियर पुर्ण कुँवर, सहायक इन्जिनियर भक्तराज जोशी, नरेन्द्र जोशी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी सन्तोष जोशीविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो।

विभिन्न निर्माण व्यवसायीबाट निर्माण भएका १३ वडा सडक मापदण्डविपरित निर्माण गरिएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएकाे हाे।अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्टविरुद्ध ४२ लाख ५३१ रुपैयाँ बिगो कायम गरेको भने जोशीको हकमा ६ लाख ७८ हजार २२० रुपैयाँ बिगो कायम भएको छ। तत्कालीन इन्जिनियर पूर्ण कुँवरको हकमा ४८ लाख ७८ हजार ७५१ रुपैयाँ बिगो दाबी गरिएको छ।

नगरपालिकाको बजेट परिचालनबाट विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षणमा स्थानीय जनप्रतिनिधी, सम्बन्धित निर्माण व्यवसायी र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका प्राबिधिकहरुको उपस्थितिमा गुणस्तर परीक्षण नतिजा बाहेक खुद नापजाँचबाट निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गराइएको भन्दै प्रतिवेदन पेस भएको थियो।

प्रतिवेदनका सन्दर्भमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाएको पाइएको अख्तियारले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved