सुनको सिक्री चाेरेर फरार दुईजना पक्राउ

सुनको सिक्री चाेरेर फरार भएका दुई जना पक्राउ परेका छन्। 

नेपालभ्युज

सुनको सिक्री चाेरेर फरार दुईजना पक्राउ

काठमाडौं। सुनको सिक्री चाेरेर फरार भएका दुई जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित प्रशंसा ज्वलेर्सबाट २ तोला सुनको सिक्री चोरी गरेको अभियोगमा तारकेश्वर नगरपालिका–६ शेषमती बस्ने नुवाकोट विदुर नगरपालिका–१० भैसेका २२ वर्षीय सुरेश नगरकोटीसहित दुई जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो।

उक्त ज्वलेर्समा वैशाख २३ गते दिउँसो सुनको सिक्री किन्छु भनि २ तोलाको २ वटा सुनको सिक्री मागेका थिए। सिक्रीको पैसा नदिइ चोरेर भागेका उनीहरुलाई पक्राउ गरी प्रहरी वृत्त बालाजुले अनुसन्धान अगाडि बढाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved