१६ अंकले घट्यो नेप्से

नेपालभ्युज

काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सूचक नेप्सेमा १६ अंकको गिरावट आएको छ। १५ दशमलव ८२ अंकले घटेर नेप्से दुई हजार २२३ दशमलव ७८ अंकमा झरेको हो ।

यसदिन होटल तथा पर्यटन बाहेक अन्य १२ वटा उपसमूहको शेयर घटेको छ। आज हाइड्रोपावर समूहको उपसूचक भने शून्य दशमलव ०८ प्रतिशतले बढेको छ। फाइनान्स समूहको उपसूचक १ दशमलव ३७ प्रतिशतले घटेको छ भने हाइड्रोपावरको उपसूचक १ दशमलव १५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक १ दशमलव ७९ प्रतिशतले घटेको छ।

आज १ अर्ब ३० करोड रुपैयाँको ४१ लाख ४० हजार कित्ता खरीदबिक्री भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved