रियल मड्रिड बन्यो विश्वकै धनी क्लब

स्पानिस क्लब रियल मड्रिड पुनः विश्वको सर्वाधिक धनी फुटबल क्लब बनेको छ।

नेपालभ्युज

रियल मड्रिड बन्यो विश्वकै धनी क्लब

काठमाडौं। स्पानिस क्लब रियल मड्रिड पुनः विश्वको सर्वाधिक धनी फुटबल क्लब बनेको छ।

फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको नयाँ सूची अनुसार प्रतिद्वन्द्वी बार्सिलोनालाई उछिन्दै रियल वर्ष २०२२ को सबैभन्दा धनी क्लबकाे सूचीकाे पहिलाे स्थानमा आएको हाे। यसअघि सन् २०१९ मा पनि रियल विश्वको सर्वाधिक धनी फुटबल क्लब बनेकाे थियो।

फोर्ब्सका अनुसार रियलले यो खेल सिजनमा पाएको सफलता, प्रायोजन, अन्य आम्दानी र नयाँ व्यापारिक सम्झौताको आधारमा क्लबको ब्राण्ड भ्यालू ५.१ विलियन अमेरिकी डलर रहेको छ। रियलको ब्राण्ड भ्यालू अघिल्लो वर्षभन्दा सात प्रतिशतले बढेको हो।

रियलले ३५ औँ पटक घरेलु लिग उपाधि जित्ने क्रममा स्पानिस लिगको उपाधि जितिसकेको छ भने युरोपियन च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलसँग भिडन्त गर्दैछ।

रियलपछि पाँच विलियन अमेरिकी डलर ब्राण्ड भ्यालू रहेको बार्सिलोना धनी फुटबल क्लबको सूचीमा दोस्रो स्थानमा छ। त्यसैगरी इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेड र लिभरपुल क्रमशः तेस्रो र चौँथो स्थानमा छन्। जर्मन क्लब बार्यन म्युनिख भने पाँचौ धनी क्लब बनेको छ।

शिर्ष १० धनी क्लबको सूचीमा म्यान्चेष्टर सिटी, चेल्सी र टोटेनहमसहित पाँच इंग्लिस क्लब छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved