बालेनसँग सहकार्य गर्न तयार छौँ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह ‘बालेन्द्र’ सँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

नेपालभ्युज

बालेनसँग सहकार्य गर्न तयार छौँ : माधव नेपाल
फाइल फोटो

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह ‘बालेन्द्र’ सँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

मेयरमा बालेनको जितको औपचारिक घोषणा भएपछि शुक्रबार सामाजिक सञ्जामार्फत् बधाई दिँदै उनका असल कार्यमा सहयाेग एवम्  सहकार्य गर्न नेकपा एस तयार रहेको उनले बताए।

‘‘काठमाडौं महानगरपालिकाको प्रमुख पदमा जनताको लोकप्रिय मतसहित निर्वाचित हुनुभएकोमा युवा उम्मेदवार बालेन्द्र साह (बालेन) जीलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना’’, उनले लेखेका छन्, ‘‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट शहर बनाउने लगायतका सबै असल कार्यमा सहयोग एवम् सहकार्य गर्न हाम्रो पार्टी सदैव तत्पर रहेको छ ।’’

बालेन शाह ६१ हजार ७६७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् भने नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved