शहीदले देखेका सपना अझै पूरा भएका छैनन् : प्रचण्ड

नेपालभ्युज

शहीदले देखेका सपना अझै पूरा भएका छैनन् : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदहरूले देखेको सपना अझै पूरा हुन नसकेको बताएका छन्।

कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले शहीदको सपना अझै पूरा नभएको भन्दै समाजवाद स्थापनाका निम्ति सामाजिक रूपान्तरणको अभियानको आवश्यकता रहेको बताएका छन्।

विभिन्न आन्दोलनबाट संघीय लोकतान्त्रीक गणतन्त्रमा रहेको र संविधानमा अबको राज्य समाजवादउन्मूख हुने उल्लेख हुनु सानो विषय नभएको उनको थियो।

उनले अहिले सिस्टमको कमजोरीका कारण समाज रूपान्तरण क्रान्तिकारी ढंगले नभई दिग्भ्रम र बिचलनतिर गइरहेको उल्लेख गरे। उनले त्याग र साधनाको संस्कृति अपनाउने कुरामा प्रतिवद्ध भए मात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुने पनि बताए।

कार्यक्रममा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७८ गोविन्द आचार्यलाई, कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७९ : महेश्वर दाहाललाई प्रदान गरिएको थियो भने शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार–२०७८ : बलराम थापा र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार–२०७९ : लक्ष्मी पुनलाई प्रदान गरिएको थियो। विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved