रुपन्देहीमा तेल खन्याउने क्रममा दुई ट्यांकरमा आगलागी, एकजना घाइते

रुपन्देहीस्थित आयाल निगमको डिपोमा तेल खन्याउने क्रममा दुई ओटा ट्यांकरमा आगलागी हुँदा एक जना घाइते भएका छन्।

नेपालभ्युज

रुपन्देहीमा तेल खन्याउने क्रममा दुई ट्यांकरमा आगलागी, एकजना घाइते
सांकेतिक तस्वीर।

काठमाडौं। रुपन्देहीस्थित आयाल निगमको डिपोमा तेल खन्याउने क्रममा दुई ओटा ट्यांकरमा आगलागी हुँदा एक जना घाइते भएका छन्।

भलबारीस्थित आयल निगमको डिपोमा तेल खन्याउने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्यांकरमा आगलागी भएको हो। आगलागी हुँदा तिलोत्तमा-९ का १८ वर्षीय विजेश चौधरी घाइते भएका हुन्। उनकाे हात र खुट्टामा चाेट लागेकाे छ।

अहिले आगलागी नियन्त्रणमा आइसकेकाे ईलाका प्रहरी कार्यालय मंगलापुरले जनाएकाे छ।

प्रहरीका अनुसार ट्यांकरमा पूर्ण क्षति पुगेकाे छ। डिपाेमा भने कुनै क्षति भएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved