झापामा ९६१ उम्मेदवारको जमानत जफत, दुई स्वतन्त्रको मत शून्य

स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगर प्रमुखका उम्मेदवारले शून्य मत पाएका छन्।

नेपालभ्युज

झापामा ९६१ उम्मेदवारको जमानत जफत, दुई स्वतन्त्रको मत शून्य

झापा। स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगर प्रमुखका उम्मेदवारले शून्य मत पाएका छन्। जिल्ला गौरादहमा नगर प्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ।

यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकांक्षीले एकदेखि नौ मतमात्र पाएका छन्। कमल गाउँपालिकामा स्वतन्त्र तर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मतमात्र पाएका छन्।

त्यस्तै शिवसताक्षी योगमणि अधिकारी (स्वतन्त्र) ले चार मत, गौरादह राधिका धमला (स्वतन्त्र) ले सात मत, बिर्तामोड अञ्चल धिमाल (नेपाल लोकतान्त्रिक पार्टी) ले छ मत, कमलका नारायणप्रसाद रिजाल (मौलिक जरोकिलो पार्टी) ले आठ मत, दमकका देउकुमार राई (किराँत खम्बूवान साझा पार्टी)ले नौ मत, दमकका कृष्ण राया (लोकतान्त्रिक समाजवादी पार्टी नेपाल) ले छ मत, दमकका नेत्रजङ्ग थापा (स्वतन्त्र) ले छ मत, दमकका नीलकण्ठ सापकोटा (स्वतन्त्र) पाँच मत र दमककै कृष्ण खनाल (स्वतन्त्र) ले तीन मत पाएका छन्।

त्यस्तै गौरीगञ्ज–२ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका गणेशबहादुर कार्की र शिवसताक्षी–७ बाट राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका दिलबहादुर लिम्बूले एक–एक मत पाएका छन्।

जिल्लामा ९६१ उम्मेदवारको जमानत जफत भएको छ। जिल्लामा विभिन्न पदमा गरी दुई हजार ७८६ जनाले उम्मेदवारी दर्ता गराएका थिए।तीमध्ये प्रमुख–अध्यक्षमा ८३, उपप्रमुख–उपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ र महिला, दलित, खुला सदस्य गरी ५३० जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved