भक्तपुरको प्रसिद्ध स्वर्णद्वार मन्दिर खुला

बन्द भएको ३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु नागरिकका लागि खुला गरिएको छ। कोभिड–१९ को महामारीका कारण २०७६ साल चैतदेखि नागरिकका लागि बन्द मन्दिर खुलेको हो।

नेपालभ्युज

भक्तपुरको प्रसिद्ध स्वर्णद्वार मन्दिर खुला

काठमाडौं। बन्द भएको ३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु नागरिकका लागि खुला गरिएको छ। कोभिड–१९ को महामारीका कारण २०७६ साल चैतदेखि नागरिकका लागि बन्द मन्दिर खुलेको हो।

कोभिड–१९ को महामारीका कारण २०७६ साल चैतदेखि नागरिकका लागि बन्द भएको भक्तपुरको दरबार स्क्वायरमा रहेको स्वर्णद्वार र त्यसभित्रको भक्तपुर तलेजु हिजोदेखि नागरिक लागि खुला गरिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

कोरोना भाइरस सङ्क्रमण सुरु भएपछि भाइरसको जोखिमलाई मध्यनजर गर्दै बन्द गरिएको थियो। कोरोना महामारी कम भएकाले भक्तपुर तलेजु साढे दुई वर्षपछि आजदेखि नागरिक तथा दर्शनार्थीका लागि खुला गरिएको उनले बताए।

स्वर्णद्वाराबाट प्रवेश गरेर भक्तपुर तलेजु, सुन्धारालगायतका ऐतिहासिक एवम् पुरातात्त्विक संरचना हेर्न भक्तपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले समेत प्रवेश पाएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved