सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता आजदेखि

कराँते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोगमा नेपाल सितोरियो कराँते सङ्घको वार्षिक कार्यक्रमअनुसार, शाखा डोजो नक्सालको २३ औँ वार्षिकोत्सवको अवसरमा आठौँ सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता यही जेठ १३ गते शुक्रबार देखि शुरु हुने भएको छ।

नेपालभ्युज

सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता आजदेखि

काठमाडौं। नेपाल कराँते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोगमा नेपाल सितोरियो कराँते सङ्घको वार्षिक कार्यक्रमअनुसार, शाखा डोजो नक्सालको २३ औँ वार्षिकोत्सवको अवसरमा आठौँ सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता यही जेठ १३ गते शुक्रबार देखि शुरु हुने भएको छ।

प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरू भारत ,पाकिस्तान र भुटानका खेलाडीहरूले सहभागिता जनाउने उक्त प्रतियोगिताको नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र )का अध्यक्ष पुष्प कमल दाहाल ’प्रचण्ड’ ले एक विशेष कार्यक्रम बिच  शुक्रवार अपरान्ह उद्घाटन गर्ने कार्यक्रम छ।

प्रतियोगितामा पुरुष तर्फको यजुनिर तथा क्याडेट ईभेन्टसमा  –२५,–३०,३३,३५,४०,४५ र पुरुष कै सिनियर तर्फ –५०,–५५,–६०,६७ –७५,–८४,+८४ किलोका साथै एकल काता र महिला तर्फ यजुनिर तथा क्याडेट–२५,–३०,–३३,–३५,–४०,–४५ किलो र महिला कै सिनियर तर्फ –५०,–५५,–६१,६७,+६८ किलो तौल समूह गरी कुल २६ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपागी ’ईश्वर’ ले जानकारी गराए।

बिगत लामो समय देखि बिश्वमहामारी कोरोना भाइरसका कारण खुलेर प्रतियोगितामा आयोजना एवम् सहभागी हुन नसकेका समग्र करातेकर्मीहरुलाई यस प्रतियोगितालेपुनर्ताजगी बनाउने आशा एवम् अपेक्षा राखेको कार्यक्रम संयोजक खपाङगीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved