विश्व बैंकका प्रमुखको चेतावनी– अहिलेकै अवस्था रहे विश्वभर आर्थिक मन्दी आउँछ

ऊर्जाको मूल्य दोबर हुनु नै आर्थिक मन्दीको अवस्था ल्याउने मुख्य कारक बन्ने मालपासको भनाइ छ। उनले चीनमा भएको बारम्बारको कोरोनाभाइरस लकडाउनले पनि आर्थिक वृद्धिको गति सुस्त बनाउन मद्दत गरेको र गर्ने टिप्पणी गरे।

नेपालभ्युज

विश्व बैंकका प्रमुखको चेतावनी– अहिलेकै अवस्था रहे विश्वभर आर्थिक मन्दी आउँछ

एजेन्सी। विश्व बैंकका प्रमुखले विश्वव्यापी आर्थिक मन्दीको चेतावनी दिएका छन्। रुस–युक्रेन द्वन्द्वका कारण विश्वव्यापी आर्थिक मन्दीको सम्भावना अधिक रहेको विश्व बैंकका प्रमुख डेभिड मालपासले बताएका छन्।

युक्रेनमाथि रुसले आक्रमण गरेसँगै संसारभरि खानेकुरा, ऊर्जा र मलखादको मूल्यमा चर्को वृद्धि भएसँगै विश्वव्यापी आर्थिक मन्दी हुने प्रबल सम्भावना रहेको मालपालको भनाइ छ।

विश्वव्यापी आर्थिक मन्दीबाट बँच्नका लागि के गर्ने र कसरी यो अवस्थाबाट मुक्त हुने भन्ने विषयमा अहिले नै केही प्रष्ट नभएको पनि मालपासले बताए। एक व्यावसायिक मञ्चमा आफ्ना धाणा राख्नेक्रममा उनले मन्दीबाट बँच्नका लागि के उपायहरु छन् भन्ने आकलन गर्न गाह्रो भएको धारणा राखे।

ऊर्जाको मूल्य दोबर हुनु नै आर्थिक मन्दीको अवस्था ल्याउने मुख्य कारक बन्ने मालपासको भनाइ छ। उनले चीनमा भएको बारम्बारको कोरोनाभाइरस लकडाउनले पनि आर्थिक वृद्धिको गति सुस्त बनाउन मद्दत गरेको र गर्ने टिप्पणी गरे।

गत महीना विश्व बैंकले यो वर्षको विश्वव्यापी आर्थिक वृद्धिको अनुमानित सूचकांक ३.२% रहने प्रक्षेपण गरेको थियो। उक्त सूचकांक कुल गार्हस्थ उत्पादनअनुसार देशहरूको आर्थिक वृद्धिको मापक पनि हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved