लाओसमा धूम्रपानजन्य रोगका कारण वार्षिक सात हजारको मृत्यु

नेपालभ्युज

लाओसमा धूम्रपानजन्य रोगका कारण वार्षिक सात हजारको मृत्यु

धुम्रपानका कारण लाग्ने रोगहरूको असरले लाओसमा वार्षिक झण्डै सात हजारको मृत्यु भएको पाइएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार दैनिक १९ जनाको धूम्रपानसम्बन्धी रोगका कारण मृत्यु हुने गरेको हो।

एउटाले धूम्रपान गर्दा अर्कालाई असर पर्ने गरेको र त्यसबाट पनि धेरै मानिस पीडित भएका उनीहरूले जनाएका छन्।

लाओस इकोनोमिक डेलीले लाओसका स्वास्थ्य मन्त्री बोङफेङ फौमालायसीथलाई उदृत गर्दै प्रकाशित गरेको समाचारमा विश्वव्यापी यस समस्याबाट आफ्नो मुलुक पनि नराम्रोसँग प्रभावित भएको उल्लेख गरिएको छ।

पछिल्लो समय १५ वर्षभन्दा बढी उमेरका व्यक्तिमा धुम्रपानका लत बढेको पाइएको पनि समाचारमा जनाइएको छ। धुवाँजन्य पदार्थका कारण लाग्ने रोगहरूको पछाडि वायुमण्डलको धुँवाधुलो पनि मुख्य रहेको अधिकारीहरूले बताएका छन्।

राष्ट्रिय सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार १३ देखि १५ वर्षसम्मका किशोर किशोरीमध्ये १०.७ प्रतिशत किशोर र २.१ प्रतिशत किशोरी रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved