दुवाकोट सडक १ वर्षभित्र कालोपत्रे गरिने मेयरको बाचा

नेपालभ्युज

दुवाकोट सडक १ वर्षभित्र कालोपत्रे गरिने मेयरको बाचा

भक्तपुर। चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरको वडा नं २ स्थित दुवाकोट सडक एक वर्षभित्र कालोपत्रे गरी निर्माण सम्पन्न गरिने बताएका छन्।

दुवाकोटको केएमसी चोकमा आज ढल विकास व्यवस्थापन कार्यको शिलान्यास गर्दै प्रमुख खत्रीले सल्लाघारीदेखि चाँगु जोड्ने उक्त सडक एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी कार्य अघि बढाइने बताएका हुन्।

भक्तपुरको सल्लाघारीबाट चाँगु जाने उक्त सडक दुवकोटमा प्रस्तावित वीर अस्पताल जाने मुख्य सडक हो। उक्त सडकले नगरको वडा नं। १, २ ३ र ४ लाई जोड्ने गर्दछ। उनले नगरमा सडकको कटान, डुबान जस्ता समस्या रहेको बताउँदै त्यस्ता समस्या समाधान गर्न घर अगाडिको कुलो, खोल्सा सफा राख्न नगरवासीलाई आग्रहसमेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved