टिपरले ठक्कर दिएपछि मृत्यु, चार दिनपछि आफन्तले बुझे शव

नेपालभ्युज

टिपरले ठक्कर दिएपछि मृत्यु, चार दिनपछि आफन्तले बुझे शव

चरिकोट। टिपरको ठक्करबाट मृत्यु भएको एक वृद्धको शव चार दिनपछि आज आफन्तले बुझेका छन्। दोलखाको गौरिशङ्कर गाउँपालिका–७ मार्वुमा टिपरको ठक्करबाट मृत्यु भएको लालबहादुर विकको शव चार दिनपछि आज आफन्तले जिम्मा लिएका हुन्।

मृतकका परिवारसँग आज भएको छलफलबाट टिपर चालकलाई कानूनी कारवाही गरिने र मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सुशील केसीले बताए।

गौरिशङ्कर–७ मार्वुमा यही जेठ ९ गते ७० वर्षीय विकलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो। टिपरको ठक्करले मृत्यु भएपछि टिपर चालकलाई कारवाहीको माग गर्दै परिवारले शव बुझ्न मानेका थिएनन्। टिपर चालक हालसम्म फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved