एमालेको आक्रोश : सर्वोच्चले निजगढ विमानस्थल निर्माण रोक्नु घातक र प्रतिगामी

नेपालभ्युज

एमालेको आक्रोश : सर्वोच्चले निजगढ विमानस्थल निर्माण रोक्नु घातक र प्रतिगामी

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको निर्णयलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाएको छ।

आज सर्वोच्चले प्रस्तावित निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्दै सरकारले गरेका सबै निर्णय बदर गरेको थियो।

यस्तोमा एमाले महासचिव शंकर पोखरेलले सर्वोच्चको यो कदम हरेक दृष्टिकोणले गलत भएको तर्क गरेका छन्।

कार्यकारीको काममा सर्वोच्चको यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो भएको उनले उल्लेख गरेका छन्। यस निर्णयले ‘फास्ट ट्र्याक’मा भएको लगानीलाई समेत डुबाउने खतरा उनले औंल्याएका छन्। सर्वोच्चको यो कदमले मुलुकलाई आर्थिक संकटमा फसाउने भन्दै पोखरेलले यसमा गम्भीर बन्न सामाजिक सञ्चालमार्फत आग्रह पनि गरे।

त्यस्तै एमाले उपमहाचिव प्रदीप ज्ञवालीले सर्वोच्चको यो फैसलाले कार्यकारीको क्षेत्राधिकारमा पनि अतिक्रमण गरेको भन्दै नेपालको राष्ट्रिय सामर्थ्य र विकासको सम्भावनामाथि पनि आँच पुर्‍याएको टिप्पणी गरेका छन्।

सर्वोच्चको कदमपछि साँझ सामाजिक सञ्जालमा उनले लेखेका छन्-

निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ । यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर् याएको छ । आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला?

यसैबीच एमाले सचिव योगेश भट्टराईले पनि विमानस्थल निर्माण नगर्न सर्वोच्चले गरेको फैसला ‘घातक र प्रतिगामी’ भएको टिप्पणी गरेका छन्। न्यायाधीशलाई यो निर्णय सच्चाउन आग्रहसमेत गर्दै उनले सर्वोच्चको निर्णय नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यसमार्फत मुलुकको सम्मृद्धिको यात्रामाथिको बलत हस्तक्षेप भएको सामाजिक सञ्जालमा लेखेका छन्।

‘निजगढ अन्तरास्ट्रिय विमानस्थलका बारेमा सर्बोच्च अदालतको आजको निर्णय अत्यन्तै घातक र प्रतिगामी छ, नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यस मार्फत मुलुकको सम्मृद्धिको यात्रामाथिको बलत हस्तक्षेप हो,’ उनले लेखेका छन्, ‘माननीय न्यायधिशज्यूहरू यो निर्णय सच्याउनुहोस्।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved