एन्फा अध्यक्षलाई कारबाहीकाे माग गर्दै राखेप पुगे पूर्वअध्यक्ष थापा

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पालाई कारबाही गर्न माग गर्दै पूर्वअध्यक्ष गणेश थापा राष्ट्रिय खेलकुद परिषद् (राखेप) पुगेका छन्।

नेपालभ्युज

एन्फा अध्यक्षलाई कारबाहीकाे माग गर्दै राखेप पुगे पूर्वअध्यक्ष थापा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पालाई कारबाही गर्न माग गर्दै पूर्वअध्यक्ष गणेश थापा राष्ट्रिय खेलकुद परिषद् (राखेप) पुगेका छन्।

चरित्र हत्या गर्ने उद्देश्यले आफूमाथि झुटा आरोपहरु लगाएको र भ्रम फैलाएको भन्दै शेर्पालाई कारबाही गर्न माग गर्दै थापाले राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई ज्ञापन पत्र बुझाएका छन्।

थापाले यो विषयमा यसअघि नै पत्रकार सम्मलेन गर्दै शेर्पाविरुद्ध कानूनी उपचार खोज्ने बताएका थिए। आर्थिक अनियमितताको आरोपमा हाल थापा विश्व फुटबल महासंघ (फिफा) को १० बर्षे प्रतिबन्धमा छन्।

आगामी असार ६ गते हुने एन्फा निर्वाचनमा वर्तमान अध्यक्ष शेर्पाले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिइसकेका छन्। उनका प्रतिद्वन्दीको रुपमा वर्तमान वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। नेम्वाङ प्यानललाई थापाको साथ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved