निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण नगर्न आदेश दिएको छ।

नेपालभ्युज

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्चको आदेश
फाइल तस्वीर

काठमाडौं। सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण नगर्न आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढ विमानस्थल बनाउने सरकारको निर्णय बदर गरी निजगढको विकल्प खोज्न आदेश दिएकाे हाे।

सरकारको नीति तथा कार्यक्रममा समेत निजगढ विमानस्थल बनाउने प्रस्ताव समेटेको थियो। तर अब सर्वोच्चको यो आदेशसँगै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव अब सधैँका लागि सकिएको छ।

निजगढ विवादकाे विषय १७ मंसिर, २०७६ मा सर्वोच्चमा प्रवेश भएको थियो। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले विमानस्थल निर्माण गर्दा रुख काट्न नहुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै २० मंसिरमा विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिइएको थियो। ६ पुसमा अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्काल अघि नबढाउन सरकारका नाममा पूर्णकालीन अन्तरिम आदेश जारी गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved