क्यानविरुद्ध सर्वोच्चमा मुद्दा दायर

नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आयोजक र ईपीएलमा सहभागी ६ टिमले सर्वोच्चमा मुद्दा दायर गरेकाे हाे।

नेपालभ्युज

क्यानविरुद्ध सर्वोच्चमा मुद्दा दायर

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएकाे छ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आयोजक र ईपीएलमा सहभागी ६ टिमले सर्वोच्चमा मुद्दा दायर गरेकाे हाे।

क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज लिग ‘नेपाल टी–ट्वान्टी लिग’ को व्यवस्थापन र प्रसारण अधिकारका लागि विदेशी कम्पनीसँग सम्झौता गरेको आरोपमा सर्वोच्चमा रिट निवेदन दायर गरेको ईपीएल आयोजकले जनाएको छ।

क्यान पहिलो पटक ‘नेपाल टी–ट्वान्टी लिग’ नामक आफ्नै आधिकारिक फ्रेन्चाइज लिग सञ्चालन गर्ने तयारीमा छ। जसका लागि लिगमा ६ फ्रेन्चाइज टिम विराटनगर, जनकपुर, काठ्माण्डौ पोखरा, फार वेस्टर्न र लुम्बिनी/भैरहवा रहने घोषण पनि क्यानले गरिसकेको छ।

क्यानको यसै हप्ता बसेको बोर्ड बैठकले नेपालमा हालसम्म सञ्चालनमा रहेका अन्य कुनै पनि फ्रेन्चाइज लिगहरूलाई राष्ट्रिय लिगको रूपमा मान्यता नदिने निर्णय गरेको थियो। अब अन्य लिगले क्षेत्रीय लिगको संरचनामा रहेर मात्र सञ्चालन गर्न अनुमति दिन सकिने बैठकको निर्णय थियाे। क्यानकाे याे निर्णयसँगै ईपीएलले अब राष्ट्रिय लिगको रूपमा मान्यता पाउने छैन।

यसअघि नै ईपीएल आयाेजनाको अनुमति नरोक्न आयोजक र ६ टिमहरुले क्यानसँग पत्रकार सम्मेलनमार्फत अपिल गरेका थिए। तर क्यानले आयोजककाे कुरा नसुनेपछि ईपीएल आयेजक र टिमहरु कानूनी उपचारका लागि सर्वाेच्च पुगेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved