घुस लिएको पैसा चपाएका मिटररिडरको मुखबाट स्थानीयले निकाले

नेपालभ्युज

घुस लिएको पैसा चपाएका मिटररिडरको मुखबाट स्थानीयले निकाले

घुस लिएको फेला परेपछि पञ्जाबमा एक मिटररिडरको मुखमा हात हालेर स्थानीयले निकालेका छन्।

भारतको पञ्जाबस्थित मोगा जिल्लाको अजितवालको चुहाडचक गाउँमा एक मिटररिडरले एक परिवारसँग एक हजार रुपैयाँ घुस लिएका थिए। त्यसपछि मानिसहरूले उनलाई समातेका हुन्।

त्यही क्रममा मिटररिडरले भिडियो बनिरहेको देखेपछि र तुरुन्तै दुई ओटा पाँच सय रुपैयाँको नोट मुखमा राखेर चपाएका थिए। तर यो देखेका स्थानीयले उनको मुखमा हात राखेर घुसका नोट बाहिर निकालेका हुन्।

ती व्यक्ति बिजुलीको मिटर रिडिङ गर्न गाउँ गएका थिए। त्यहाँ उनले एक परिवारको मिटर खराब भएको बताएर पैसा असुलेका थिए। घरमा महिला मात्रै भएकाले उनले जरिवानाको नाममा ती महिलालाई धम्की दिएका थिए। त्यसपछि जरिवानाबापत एक हजार रुपैयाँ घुस मागेका थिए। तर यो कार्य स्थानीयले यो देखिरहेका थिए।

मिटररिडरले घुस लिएको थाहा पाएपछि गाउँलेहरूले उनलाई घेरेर समात्न सफल भएका थिए। तर आफू घेरिएपछि डराएका मिटररिडरले भाग्न आफ्नो खल्तीबाट पैसा निकालेर चपाउन थालेका थिए। तर स्थानीयले उनको मुखभित्रै हात हालेर नोट निकाले।

अहिले यस विषयमा विद्युत् बोर्डका अधिकारीले अनुसन्धान थालेका छन्।

भाष्करबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved