सरकारलाई ओलीको प्रश्न : अमेरिकी उपविदेशमन्त्रीलाई गुम्बा किन जान दिएको ?

नेपालभ्युज

सरकारलाई ओलीको प्रश्न : अमेरिकी उपविदेशमन्त्रीलाई गुम्बा किन जान दिएको ?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अमेरिकी उपविदेशमन्त्रीलाई उज्रा जियालाई गुम्बामा गएर तिब्बती शरणार्थीहरूलाई भेट्न दिएको विषयमा संसद्‍मा जवाफ मागेका छन्। उनले नेपालको परराष्ट्र नीतिविपरीत सरकारले अमेरिकी उपविदेशमन्त्री जियालाई नेपालस्थित तिब्बती शरणार्थी शिविरमा जान दिएकोमा आपत्ति जनाए।

‘‘हुम्लाको लिमि भ्याली जाँदा म पूर्वप्रधानमन्त्री, बहालवाला सांसद, प्रमुख प्रतिपक्षी दलको नेता भएर पनि आफ्नै देशभित्र समेत प्रशासनसँग इजाजत लिएर जानुपर्‍यो। विदेशी आएर इजाजत लिनुपर्छ कि पर्दैन ? पर्छ भने कसरी दिनुभयो?,” उनले भने,  ‘‘छिमेक सम्बन्धका संवेदनशीलता बुझ्नुपर्छ कि पर्दैन ? सत्ता कति प्यारो बातै पिच्छे सत्ता उम्किहाल्छ ? कति नाजुक, सहायकमन्त्री कोही आए थुरथुर तपाईंहरूको तीन दिन कामजरो हट्दैन कसरी आफ्नो स्वाधीनताको रक्षा गर्नुहुन्छ ?”

गठबन्धनलाई म्यादी सरकार बताउँदै उनले कुनै पनि राष्ट्रका कहाँ जाने, कहाँ जान नदिने, कहाँ घुम्मे, कहाँ घुम्न नदिने भन्ने परराष्ट्र नीति हुने भएकाले परराष्ट्र नीति म्यादी सरकारको निजी विषय नभएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved