अफगान विस्फोट : मृत्यु हुनेको संख्या १६ पुग्यो,

अफगानिस्तानमा भएकाे बम विस्फोटमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ।

नेपालभ्युज

अफगान विस्फोट : मृत्यु हुनेको संख्या १६ पुग्यो,

काबुल। अफगानिस्तानमा भएकाे बम विस्फोटमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ। मिनिबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा १६ जनाकाे मृत्यु भएकाे हाे।

उत्तरी सहर मजार–ए–शरिफमा छुट्टाछुट्टै मिनिबसहरु राखेको तीनवटा बम विस्फोटमा परी १० व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन्। यस सहरका विभिन्न जिल्लाहरु तीनवटा मिनिबसमा बम रहेका बाल्खा प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले एएफपीलाई बताएका छन्।

बाल्ख स्वास्थ्य विभागका प्रमुख नजिबुल्लाह तवानाले विस्फोटमा मारिएका १० जनामा तीन जना महिला रहेका जानकारी दिएका छन्। यस विस्फोटमा परी अन्य १५ जना घाइते भएका जनाइएको छ। विस्फोटको केही घण्टापछि इस्लामिक स्टेट्स समूह (आईएस) ले सामाजिक सञ्जालमा मिनीबस हमलाको जिम्मेवारी लिएको छ।

साथै राजधानी काबुलको एक मस्जिदभित्र बुधबार अबेर राति अर्को बम विस्फोट भएको छ। बिहीबार बिहानै काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले उक्त विस्फोटमा ६ जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको ट्वीट गरेका छन्।

बुधबारको बम विस्फोटले कुनै विशेष समुदायलाई लक्षित गरेको हो कि भनेर अझै स्पष्ट हुन सकेको छैन।

अफगानिस्तानमा अप्रिल ३० मा समाप्त भएको रमजानको महिनामा मुख्यतया साम्प्रदायिक आक्रमणहरूमा काबुल र अन्य सहरहरूमा दर्जनौं सर्वसाधारणको मृत्यु भएको थियो। जसको जिम्मेवारी केही आइएस समूहले लिएकाे थियाे।

अप्रिल २९ मा काबुलको सुन्नी मस्जिदमा धार्मिक अनुष्ठान गरिरहेका अल्पसंख्यक सुफी समुदायका सदस्यहरूलाई लक्षितगरी भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो। गत अप्रिल २१ मा मजार–ए–शरिफस्थित एउटा शिया मस्जिदमा भएको बमले कम्तीमा १२ जना उपासकहरूको ज्यान गएको थियो भने अन्य धेरै घाइते भएका थिए।

तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि देशभर बम विस्फोटको संख्या घटेको थियो। तर गत महिना रमजानको समयमा भएका घातक हमलाहरूले देशलाई नै हल्लाएको छ। नागरिकहरु त्रसित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved