‘गठबन्धन सरकारले देशको कूटनीतिक सम्बन्धलाई अप्ठेरोमा पारेको छ’

स्थानीय तहको निर्वाचन प्रचारका क्रममा हुल्लाको लिमी पुग्दा आफूले उक्त स्थान भ्रमणको अनुमति लिएको बताउँदै ओलीले अमेरिकी उपविदेशमन्त्री जियाले शरणार्थी शिविर भ्रमण गर्दा सरकारको अनुमति नलिएको बताउँदै त्यसको विरोध गरेका हुन्।

नेपालभ्युज

‘गठबन्धन सरकारले देशको कूटनीतिक सम्बन्धलाई अप्ठेरोमा पारेको छ’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले जाउलाखेलमा रहेको तिब्बती शरणार्थी शिविर भ्रमणको आलोचना गरेका छन्। संसद्मा सरकारले १० जेठमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका विषयमा आफ्नो धारणा राख्ने क्रममा एमाले अध्यक्ष ओलीले गठबन्धन सरकार कूटनीतिक सञ्चालनमा असक्षम भएको आरोप लगाएका हुन्।

स्थानीय तहको निर्वाचन प्रचारका क्रममा हुल्लाको लिमी पुग्दा आफूले उक्त स्थान भ्रमणको अनुमति लिएको बताउँदै ओलीले अमेरिकी उपविदेशमन्त्री जियाले शरणार्थी शिविर भ्रमण गर्दा सरकारको अनुमति नलिएको बताउँदै त्यसको विरोध गरेका हुन्।

“आफ्नै देशको भ्रमण गर्दा म पूर्वप्रधानमन्त्री र बहालवाला सांसदले सरकारसँग अनुमति लिएको थिए भने नेपाल भ्रमणमा आउने कुनै देशको उपविदेशमन्त्रीले अनुमतिबिना नेपालको छिमेक सम्बन्धलाई असर पुग्ने स्थानमा भ्रमण गर्दा सरकारले के हेरेर बस्यो?” ओलीले प्रश्न गरेका छन्।

नेपाली कांग्रेसको सरकार हुँदा नेपालको प्राकृतिक स्रोत साधनको प्रयोगका विषयमा प्रतिपक्ष दलसँग कुनै छलफल नहुने ओलीले आरोप लगाएका छन्। बुढी गण्डकी र अरुण चौथो जलविद्युत आयोजनका निर्माणका विषयमा सरकारले लिएको निर्णयप्रति कटाक्ष गर्दै ओलीले यस्तो बताएका थिए। सरकारले केही समयअघि बुढी गण्डकी जलविद्युत आयोजना नेपाल आफैले निर्माण गर्ने निर्णय गरेको थियो।

चिनियाँ कम्पनीले निर्माण गर्ने सहमति भए पनि कम्पनीले काम थालनी गर्न ढिलाई गरेको भन्दै सरकारले आयोजना आफै निर्माण गर्ने निर्णय गरेको थियो। यस्तै २ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदा नेपाल र भारतका प्रधानमन्त्रीले अरुण चौथो भारतीय कम्पनीलाई निर्माण गर्ने विषयमा सम्झौता गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved