अर्थतन्त्रलाई थप धरासायी बनाउने गरी नीति तथा कार्यक्रम आयो : केपी ओली

निर्वाचन सफल भएको प्रति सन्तुष्टि व्यक्त गर्दै ओलीले निर्वाचनका समयमा मतदान गर्न जाने मतदाताको बाटो छेकिएको भन्दै त्यसको आलोचना गरे। मतदाताको बाटो नभई त्यो लोकतन्त्रिक प्रणालीको बाटो छेकिएको ओलीले बताए।

नेपालभ्युज

अर्थतन्त्रलाई थप धरासायी बनाउने गरी नीति तथा कार्यक्रम आयो : केपी ओली

काठमाडौं। सरकारले ल्याएको नीति तथा कार्यक्रम पपुलिस्ट र अर्थतन्त्रलाई धरासायी बनाउने प्रकृतिएको भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। सरकारको नीति तथा कार्यक्रममा विषयमा संसदमा भएको छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको आलोचना गरेका हुन्।

रामायणमा मन्थरका कारण राम वनबास जानु परेको र महाभारतमा शकुनीका कारण युधिष्ठिर वनबास गएको बताउँदै यो गठबन्धनको सरकार पासा फ्यालेर ल्याएको बताए। नीति तथा कार्यक्रममा विषयमा आफ्नो विचार राख्ने क्रममा एमाले अध्यक्ष ओलीले गठबन्धन सरकरको आलोचना गरेका हुन्।

निर्वाचन सफल भएको प्रति सन्तुष्टि व्यक्त गर्दै ओलीले निर्वाचनका समयमा मतदान गर्न जाने मतदाताको बाटो छेकिएको भन्दै त्यसको आलोचना गरे। मतदाताको बाटो नभई त्यो लोकतन्त्रिक प्रणालीको बाटो छेकिएको ओलीले बताए। प्रतिकूल अवस्थाबीच मतदान गर्ने सबै मतदातालाई ओलीले धन्यवाद ज्ञापन गरेका छन्।

राज्यका संयन्त्रको प्रयोग गर्दै कुनै अमुख व्यक्तिलाई भोट नदिने हो भने देश दुर्घटनामा जाने कुरा आए। गठबन्धनलाई निरन्तरता दिन पनि निर्वाचनका क्रममा जनतालाई धम्काउने प्रयास भएको प्रति ओलीले असन्तिुष्टि व्यक्त गरेका छन्।

निर्वाचनमा प्रलोभन र त्रास र धम्की बाड्ने काम भयो। निर्वाचनमा रुखलाई भोट नहालेमा बजेट नआउने कुरा भए। पछिल्लो पटक २८ असारमा संसद्लाई सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले करीब ११ महीनापछि संसद्लाई सम्बोधन गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved