काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सत्ताको दुरुपयोग गरी निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन्। संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुन नसकेको आरोप लगाए।
सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेर निर्वाचनको नाममा लोकतन्त्रको धज्जी उडाएको टिप्पणी गरे। ‘‘स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भनियो तर १४ दिनमा पनि किन परिणाम आउन सकेन ?’’, ‘‘यस्तो नाङ्गो ढंगले पञ्चायतमा पनि राज्यसत्ताको दुरुपयोग गरेर निर्वाचन भएको थिएन तर यसपटक भयो।”
उनले गठबन्धनले बुथ कब्जा गरेर, आफ्ना उम्मेदवारलाई थुनेर सत्ताको दुरुपयोग गर्दा प्रहरीले निरीह भएर हेरेको टिप्पणी गरे।
उनले भने, ‘‘बुथ कब्जा नगर भन्दा प्रतिपक्षका कार्यकर्ता गिरफ्तार गरिएको छ। उम्मेदवारका घरमा बम पड्काइएको छ। अनि के यो शान्तिपूर्ण भयो सबै ?”
Facebook Comment
Comment