ओलीको प्रश्न : उम्मेदवारको घरमा बम पड्काइयो, कसरी भयो शान्तिपूर्ण निर्वाचन ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचन स्वच्छ हुन नसकेको बताएका छन्।

नेपालभ्युज

ओलीको प्रश्न : उम्मेदवारको घरमा बम पड्काइयो, कसरी भयो शान्तिपूर्ण निर्वाचन ?

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको बताएका छन्।

निर्वाचन सकिएको दुई सातापछि बिहीबार संघीय संसदमा सम्बोधनका क्रममा उनले उम्मेदवारको घरमा बम पड्काइएको आरोप लगाए।

‘‘निर्वाचन स्वच्छ र धाँधलीरहित हुन सकेन। सत्ता पक्षले बुथ कब्जा गरेका ठाउँमा प्रहरी निरीह भएर बसेको छ,’’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘‘बुथ कब्जा नगरभन्दा प्रतिपक्षीका कार्यकर्ता कुटिएका छन्। उम्मेदवारको घरमा बम पड्काइयो। शान्तिपूर्ण भयो सबैतिर ?’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved