अफगानिस्तानमा शृङ्खलाबद्ध विस्फोट, कम्तीमा १२ जनाको मृत्यु

अफगानिस्तानमा बुधबार मिनिबस र एउटा मस्जिदमा भएका अलग अलग विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ।

नेपालभ्युज

अफगानिस्तानमा शृङ्खलाबद्ध विस्फोट, कम्तीमा १२ जनाको मृत्यु
फाइल फोटो

काबुल। अफगानिस्तानमा बुधबार मिनिबस र एउटा मस्जिदमा भएका अलग अलग विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। बुधबार उत्तरी सहर मजार–ए–सरिफमा छुट्टाछुट्टै मिनी बसहरूमा राखिएका तीन वटा बम विस्फोट हुँदा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको जनाइएको छ।

विस्फोटमा अन्य १५ जना घाइते भएका छन्। मारिनेहरूमा तीन जना महिला छन्। गत वर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि देशभर बम आक्रमणको सङ्ख्या घटेको थियो। तर रमजानको पवित्र महिनामा धेरै घातक बम विस्फोटहरू भएका छन्।

त्यस्तै, राजधानी काबुलस्थित एउटा मस्जिदमा अर्को बम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन्। तर, काबुलको एक अस्पतालले सो विस्फोटमा मारिनेको सङ्ख्या पाँच पुगेको जनाएको छ। मस्जिदको पङ्खाभित्र बम राखिएको प्राप्त विवरणमा जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved