रौतहटको गरुडा नगरपालिकामा एमालेका कलवार विजयी

रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेको तर्फबाट प्रमुखमा कन्थमनीप्रसाद कलवार निर्वाचित भएका हुन्।

नेपालभ्युज

रौतहटको गरुडा नगरपालिकामा एमालेका कलवार विजयी

रौतहट। रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेको तर्फबाट प्रमुखमा कन्थमनीप्रसाद कलवार निर्वाचित भएका हुन्।

एमालेका कलवारले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन्।

नवनिर्वाचित मेयर कखवारले ४ हजार ५ सय ६४ मत पाउँदा यादवले ४ हजार ५ सय २५ मत पाएका छन्। यस्तै, उपमेयरमा नेपाली कांग्रेसका विजयी भएको छ।

कांग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २ सय २६ मतको मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन्।

चौधरीले ६ हजार ७ सय ३ मत प्राप्त गर्दा देवीले ४ हजार ४ सय ७७ मत प्राप्त गरिन्। योसँगै नेकपा एमालेले रौतहटमा तीन वटा पालिकामा जित हात पारेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved